२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लेष्टर सिटीद्वारा लिभरपुल पराजित

वेष्ट ह्याम युनाइटेड र क्रिष्टल प्यालेस पनि विजयी

156
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुललाई हराएको छ । गएराति लेष्टर सिटीको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । घरेलु टोली लेष्टर सिटीको जितमा एडेमोला लुकम्यानले निर्णायक गोल गरे ।

खेलको सुरुमै लिभरपुलका मोहोमद सालाहको पेनाल्टी प्रहारलाई विपक्षी गोलरक्षक कास्पर स्माइकलले रोकिदिए । हारसँगै लिभरपुलले शिर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी घटाउने अवसर गुमाएको छ । लिगमा सिटीको १९ खेलबाट ४७ अंक छ । समान खेलबाट लिभरपुल र चेल्सीको ४१ अंक भएको छ ।

गएराति भएका प्रिमियर लिगकै अन्य खेलहरुमा वेष्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई ४–१ ले हराउँदा क्रिष्टल प्यालेसले नरिच सिटीमाथि ३–० को जित निकाल्यो । साउथह्याम्पटन र टोटनह्याम हट्सपरले १–१ गोलको बराबरी खेल्दा आर्सनल र वुल्भरह्याम्पटन तथा लिड्स युनाइटेड र एस्टन भिल्लाबिचको खेल कोभिडका कारण ‘पोस्ट पोन्ड’ गरियो ।