१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीमा एक वर्षमा सात सिडिओ फेरिए


962
Shares

सर्लाही । जिल्लाका एक वर्ष पूरा नहुँदै सात जना प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

प्रमुख जिल्ला अधिकारीहरूको छिटो–छिटो सरुवा हुँदा कर्मचारी तथा सेवाग्राहीलाई समेत काम कारवाही गर्न असहज भएको छ । २ महिना अगाडी सरुवा भएर आएका बाबुराम खतिवडाको पनि सरुवा भएको छ ।

एक हप्ताको लागि बिदामा गएका सिडिओ बाबुराम खतिवडा जिल्ला नफर्किए पछि उहाँको ठाउँमा गृह मन्त्रालयले सर्लाहीमा नयाँ सिडियोको रूपमा स्थानेश्वर गौतमलाई पठाएको छ ।

पछिलो समय सर्लाहीमा २–२ महिनाको अन्तरालमा सिडिओहरूको सरुवा भइरहेको छ । एक वर्षको अवधिमा सर्लाहीमा मोहनबहादुर जिसी, सुरेन्द्र पौडेल, नारायणप्रसाद भट्राई, हेमराज तामाङ, रामकुमार महतो र बाबुराम खतिवडाको सरुवा भएको हो ।