
काठमाडौं, पुष १४ । राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ ।
कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताउनुभयो ।
उहाँले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताउनुभयो । मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विकास गर्न सकिन भने पनि जुन रुपमा चलेको छ त्यही रुपमा राख्न सक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले चिडियाखाना मुख्य चार वटा उदेश्यले सञ्चालन भइरहेको बताउनुभयो । उहाँले कोषले जङगली जनावरको विषयमा शिक्षा दिने काम गर्ने गरेको बताउनुभयो । ओलीले कोषले जङगली जनावर तथा प्रकृति संरक्षणको विषयमा नेपालको १३ जिल्लामा पाठयपुस्तकमा समावश गराएको बताउनुभयो ।
२६ औं वार्षिकोत्सवको अवसरमा कोषले चिडियाखाना काम गर्ने उतकृष्ट कर्मचारीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्