
पाँचथर, पुष १४ । पाँचथरको फालेलुङ गाँउपालिका–३ ताङ्लेपामा आगलागी भएको छ ।
बुधबार भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेर नष्ट भएका छन ।
घरमा रहेका लत्ताकपडा, खाद्यान्न र नगदसहित झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय मेमेङबाट खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्