१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


थपिए २२० संक्रमित, २ जनाको मृत्यु


117
Shares

काठमाडौं, पुष १४ । देशभर पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पिसिआर परीक्षण र ११७५ जनाको एन्टिजेन परीक्षण गर्दा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।

बुधबार २५३ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ ।