
काठमाडौं । सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते सार्वजनिक विदा दिने भएको छ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्