७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


महतोको परिवारलाई १० लाख राहत दिने सहमती


2.561k
Shares

सर्लाही, पुष १४ । सर्लाहीको ईश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने सहमती भएको छ ।

बुधबार लालबन्दीस्थित इलाका प्रहरी कार्यालयमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीहरुबीच छ घण्टा भन्दा बढी भएको छलफलबाट पीडितलाई १० लाख रुपियाँ उपलब्ध गराउने लगायत ६ बुँदे सहमती भएको हो ।

छलफलले घटनाको सम्वन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने, मृतकमा आश्रित परिवारका सदस्यलाई रोजगार र शिक्षादिक्षाका लागि स्थानीय तह, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स लगायतका सङ्घ संस्थासँग समन्वय तथा अनुरोध गर्ने, प्रहरी र प्रशर्दनकारीबीच भएको झडपका आम नागरिक तथा व्यक्तिहरुको सम्पतिमा पुग्न गएको क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्ति तथा झडपमा घाईते भएकाको उपचारका लागि प्रचलित कानून बमोजिम केन्द्रमा सिफारिस गर्ने भएको छ ।

त्यसैगरी, घटनाको विषयमा भएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइ राजनैतिक दल, सङ्घ संस्था, उद्योग व्यवसायी, नागरिक समाजले शान्ति सुरक्षा कायम राख्न पहल गर्ने र मृतकको शव बुझेर परम्परा अनुसार दाहसंस्कार गर्ने सहमती भएको छ ।