
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति शिर्ष स्थानको म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० ले हराएको छ । खेलमा सिटीलाई विजयी गराउन फिल फोडेनले १६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जतसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलसँग ८ अंकको अग्रता बनाएको छ । २० खेलबाट सिटीको ५० अंक छ । समान खेलबाट ४२ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ ।
गएरातिको खेलमा चेल्सीलाई ब्राइटनले १–१ गोलको बराबरीमा रोक्यो । खेलमा चेल्सीका रोमेलु लुकाकुले पहिलो गोल गरेपनि ब्राइटनका ड्यानी वेलबेकले इन्जुरी समयमा बराबरी गोल फर्काएका हुन् ।
यो बराबरीसँगै चेल्सी भने प्रिमियर लिगको उपाधि होडमा कमजोर बनेको छ ।
प्रतिक्रिया दिनुहोस्