१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बलात्कारपछि हत्या आरोपमा पाँचजना पक्राउ


0
Shares

हेटौंडा, माघ २१ । हेटौंडाकी तेस्रो लिंगी अजिता भुजेलको बलात्कारपछि हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

घटनाको १७ दिनपछि मंगलबार प्रहरीले भुजेलको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकाहरुमा हेटौंडा–९ का सिमोन परियार, हेटौंडा–४ का सुशील थापा मगर, हेटौंडा–११ की एलिसा पाख्रिन, हेटौंडा–४ का आशिष बल र हेटौंडा–४ का बुद्ध लामा छन् ।

उनीहरूले थानाभञ्याङमा ना ६ ख ६५२७ नम्बरको ट्रकभित्र भुजेलको हत्या गरेर क्याम्पाडाँडामा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यहि माघ ४ गते हेटौंडाको क्याम्पाडाँडामा अजिता मृत अबस्थामा फेला परेकी थिईन् ।

त्यसपछि २ सय ५० जना भन्दा बढी शंकास्पद व्यक्तिलाई सोधपुछ तथा अनुसन्धानपछि हत्यारा पत्ता लागेको प्रहरीले जनाएको छ ।