७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सुनको मूल्यमा गिरावट


39
Shares

काठमाडौं, पुष १५ । बिहीबार पनि सुनचाँदीको मूल्य ओरालो लागेको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले घटेर ९२ हजार १ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि ५ सयले घटेर ९३ हजार ५ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले ओरालो लागेर १२ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस १७ सय ९८ डलर हाराहारीमा कारोबार भइरहेको छ ।