१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेटौंडामा निर्वाचन कार्यालय स्थापना


65
Shares

हेटौंडा, पुष १५ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

निर्वाचन कार्यक्रम संचालनका लागि कार्यालय स्थापना गरिएको हो ।

राष्ट्रियसभामा बागमती प्रदेशबाट दुई जनाको स्थान रिक्त हुँदैछ । निर्वाचन आयोग बागमती प्रदेश कार्यालयले पुस १७ गते शनिवार मतदाताको नामावली प्रकाशन गर्ने, पुस २० गते १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

माघ १२ गते विहान ९ बजे देखि ३ बजे सम्म मतदान हुने जनाइएको छ । मतदानका लागी बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरु र १ सय १९ स्थानीय तहका ३ सय ४८ जनप्रतिनिधि सहभागि हुनेछन् ।