
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका मनपरी कर उठाउन थालेको भन्दै तुलसीपुरका व्यवसायीले विरोध जनाएका छन् । उनीहरुले अन्य ठाउँमा भन्दा बढि कर असुल लागेको भन्दै उपमहानगरको नीतिप्रति विरोध जनाएका हुन् । प्रत्येक सटरबाट ५ सय देखि १५ सयसम्म फोहोरको कर लिने भन्दै सूचना जारी गरेपछि व्यवसायी रुष्ट बनेका छन् ।
गतर्ष मात्र उपमहानगरले होर्डिङबोर्ड तथा व्यवसायीले पसलमा राखेका बोर्डको पनि कर लिने निर्णय गरेको थियो । स्थानीय सरकारलाई कर उठाउने अधिकार भएपनि व्यवसायीलाई भार पर्नेगरी कर लागू नगर्न उनीहरुले माग गरेका छन् ।
यता, व्यवसायहरूका हकहितका लागि लड्ने संस्था तुलसीपुर उद्योग वाणिज्य संघले भने उपमहानगरले आफूखुशी नै कर निर्धारण गर्ने गर्दा समस्या हुने गरेको तुलसीपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मीनराज भण्डारीले बताउनुभयो । उपमहानगरले व्यवसायीबाट कर उठाउँदा आफूहरूलाई जानकारी दिएर काम गर्नु पर्ने उहाँलेब बताउनु भयो ।
उपमहानगरपालिकाले कुनै पनि एक्लौटी रुपमा आफूहरूले करको निर्धारण नगर्ने र संघका पदाधिकारीहरूसँग छलफल गरेर मात्र कार्यान्वयन गर्ने गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्य बहादुर डाँगीले बताउनु भयो ।
उपमहानगरले व्यवसायीलाई कमजोर पार्ने गरी कर नउठाएको र धेरै लचकता भएर काम गर्दै आएको दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्