१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बाजुरामा भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु, तीन सय बिरामी


0
Shares

कैलाली, माघ २२ । बाजुरामा भाइरल ज्वरोका कारण दुईजनाको मृत्यु भएको छ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा ज्वरोका कारण ५५ वर्षीया मिमा कडारा र ९० वर्षीय दलबहादुर रावलको मृत्यु भएको हो । बाजुरामा भाइरलका कारण बिरामी हुनेको संख्या तीन सय पुगेको छ ।

खापर गाउँपालिकामा बिरामी हुनेको संख्या ५० पुगेको छ भने हिमाली गाउँपालिकाको वडा नम्बर ६ को बाल्डिक गाउँमा बिरामीको संख्या दुई सय ५० पुगेको छ ।

भौगलिक विकटता र सिङ्गो गाउँ नै बिरामी भएकाले स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको जनाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वरीष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भाइरल ज्वरो देखिएका ठाउँमा चिकित्सक सहितको टोली पठाईसकेको र थप सहयोगका लागि समाजिक मन्त्रालयमा पत्राचार गरेको बताए ।