१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङमा थपिए पाँच हजार ६ सय ४२ मतदाता


104
Shares

बागलुङ । बागलुङमा आगामी निर्वाचनलाई लक्षित गरि मतदाता नामावली संकलन अभियान सुरु भएको छ । मंसिर १६ गतेदेखि सुरु भएको नामावली संकलन अभियानमा हालसम्म पाँच हजार ६ सय ४२ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

बागलुङको दश वटै स्थानीय तह, एक इलाका प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट मतदाना नामावली संकलन भइ रहेको छ ।

निर्वाचन कार्यालयले चुनावको मिति घोषणा नगर्दासम्म नामावली संकलन गर्ने कार्य जारी रहने जिल्ला निर्वाचन कार्यालय बागलुङका नायब सुब्बा गोकुल शर्माले जानकारी दिनुभयो ।

हालसम्म सबैभन्दा बढी मतदाता नामावली संकलन जिल्लाको बडिगाड गाउँपालिकामा भएको छ । जहाँ एक हजार २ सय ५२ जना नयाँ मतदाता थपिएका छन् । यस्तै, सबैभन्दा कम ताराखोला गाउँपालिकामा थपिएका छन् । यस पालिकामा जम्मा २ सय ६८ जना नयाँ मतदाता थपिएका छन् ।

यसैगरी, जिल्लाको गलकोट नगरपालिकामा ८ सय २८ जना, जैमिनी नगरपालिकामा २ सय ७६ जना, तमानखोला गाउँपालिकामा ४ सय ४३ जना, काठेखोला गाउँपालिकामा ६ सय २४ जना, निसीखोला गाउँपालिकामा ६ सय ४७ जना र बरेङ गाउँपालिकामा ७ सय ४३ जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय बागलुङबाट २ सय २९ जना, जिल्ला निर्वाचन कार्यालयबाट ७३ जना, इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट २ सय ४७ जना मतदाता थपिएको शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार बाह्य १२ जनाले दर्ता गराएको बताउनुभयो ।

बागलुङमा यसभन्दा अगाडी मतदाता संख्या १ लाख ८८ हजार ३३ जना रहेकोमा अहिले एक लाख ९३ हजार ६७५ जना पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।