१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार दिनदेखि हिउँमा फसेका बाबुछोराको अझै भएन उद्धार

दुईपटक पुगेर फर्कियाे हेलिकप्टर

3.978k
Shares

ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबु छोराको अझै उद्धार हुन सकेको छैन ।

उद्धारका लागि शनिबार गएको नीजि कम्पनीको हेलिकप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि फर्किएका छ । हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकप्टर गएको थियो ।

पहिलो पटक पुग्दा ठाउँ पत्ता नलागेको र दोश्रो पटक स्थानीयलाई लिएर जाँदा मौषममा खराबी आएकाले उद्धार गर्न नसकिएको पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताउनुभयो ।

उद्धारका लागि भोलि पुन हेलिकप्टर लैजाने तयारी भएको शेर्पा भनाइ छ । ‘हामी दुई पटकसम्म सो क्षेत्रमा पुग्यौं, पहिलो पटक ठाउँ पत्ता लागेन, दोश्रो पटक जाँदा कुहिरो लाग्यो, अब भोलि पुनः जान्छौं’– शेर्पाले भन्नुभयो ।

मिक्वाखोला घर भएका अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका १५ वर्षीय छोरा पासाङ चार दिनदेखि हिउँमा फसेका हुन् । चौँरी गोठ सार्ने क्रममा उनीहरु हिम पहिरोमा परेका थिए ।

फोन सम्पर्कका क्रममा उनीहरूले आफूहरू एउटा ओढारमा आढ लिएर बसेको बताउने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।