
काठमाडौं, पुष १८ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ गोदार चोकमा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप भएको हो ।
झडपमा प्रहरी ७ जना प्रहरी र एक सशस्त्र प्रहरीसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राउतका ८ जना कार्यकर्ताहरू घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई रबर गोली लागेको छ । प्रहरीले ११ राउन्ड रबर गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेपनि स्थिती नियन्त्रणमा आउन सकेको छैन ।
अहिले गदार चोक तनावग्रस्त छ । राउतका कार्यकर्ताहरु भाटा लिएर सडकमा निस्किएका छन् । झडप अहिलेपनि जारी नै रहेकोले राजमार्ग खोलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
अहिले त्यहाँ नेपाल प्रहरीका साथै सशस्द प्रहरीलाई समेत परिचालन गरिएको छ । जनमत पार्टीले किसान आन्दोलनको नाउँमा राज्यमार्गहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस्