१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आरजु र भारतीय जनता पार्टीका नेतावीच भेटवार्ता


221
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा)का नेता तथा विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेटवार्ता गर्नुभएको छ ।

आरजु निजी भ्रमणको सिलसिलामा केही दिन अघि भारतको राजधानी नयाँ दिल्ली जानुभएको थियो । प्रधानमन्त्री देउवाको पुस अन्तिम साता भारत भ्रमणको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएकी आरजुले भाजपाका नेता चौथाइवालसँग आइतबार भेट गर्नु भएको हो ।

चौथाइवालले ट्वीट गर्दै भारत भ्रमणमा रहनुभएकी आरजुसँग भेटघाट भएको जानकारी दिनुभएको छ । देउवाको भारतको गुजरातमा पुस २६ देखि २८ गतेसम्म हुने ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन जाने तयारी छ । आरजुले सत्तारुढ भाजपाका नेता चौथाइवालसँग भेटवार्ता गर्नुलाई प्रधानमन्त्री देउवाको भारत भ्रमणको पूर्व तयारीका रुपमा हेरिएको छ ।