१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


२१६ कोरोना संक्रमित थपिँदा २ जनाको मृत्यु


52
Shares

काठमाडौं, पुष १८ । नेपालमा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ एन्टिजेन परीक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु छ ।

आइतबार २०९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४ हजार ९७१ सक्रिय संक्रमित रहेका छन् ।