
काठमाडौं, पुष १८ । तथागत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा तेस्रो ऋषिनी प्रवज्या सम्पन्न भएको छ ।
राजकीय थाई विहार, लुम्बिनी र विश्वशान्ति विहार, काठमाडौंले संयुक्त रुपमा आयोजना गरेको ८ दिने प्रवज्या आइतबार सम्पन्न भएको हो ।
थेरवाद बौद्ध परम्पराअनुसार ७२ जना महिला सहभागीलाई बौद्ध धर्मबाट दिक्षीत गरिएको थियो । विपश्यना र चक्रमन ध्यानसमेत सिकाइएको थियो । विश्व शान्ति विहारका भिक्षु बोधिज्ञान महास्थविरले ध्यान सिकाउन्दै विपश्यना र चक्रमन ध्यान मानव जीवनको लागि आवश्यक भएको बताउनुभयो ।
थाई बिहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोटले यस्तो प्रवज्या कार्यक्रमले बुद्ध धर्मको प्रचार प्रसारमा सहयोग गर्ने बताउनुभयो । सहभागिहरुलाई लुम्बिनी, कपिलवस्थु र कुदानमा लगेर चक्रमन ध्यान गराइएको थियो । गत वर्ष कोरोना महामारीका कारण ऋषिनी प्रवज्या हुन सकेको थिएन् ।










प्रतिक्रिया दिनुहोस्