
काठमाडौं, पुष १९ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैंगिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले महिला हिंसा, लैंगिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिको बैठकले लैंगिक हिंसाका घटनाहरुप्रति संवेदनशील अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।
महिला हिंसाका सम्बन्धमा परेका उजुरीहरुलाई द्रूतमार्गबाट शीघ्र किनारा लगाउन साथै पीडितको सुरक्षाको सुनिश्चितता गर्न पनि समितिले सरकारलाई सचेत गराएको सभापति निरुदेवी पालले बताउनु भयो ।
सभापति पालले राजनीतिक दवावमा काम गर्ने वातावरण अन्त्य हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्