
काठमाडौ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बन्ने १९ जनाको नाम टुङ्गो लगाएको छ ।
एमालेको आज बसेको बैठकले उम्मेदवारहरुको टंग्याएको हो । राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट विभिन्न राजनीतिक दलबाट निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० जना सदस्यको कार्यकाल सकिदैछ । त्यसमा एमालेका ८ जना रहेका छन् । एमालेले १९ सिटमै उम्मेदवार उठाउने निर्णय गरेको एक एमाले नेताले इमेजखबरलाई जानकारी दिए । एमालेले प्रदेश १ बाट सुमित्रा भण्डारी देवराज घिमिरे र सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ । त्यसैगरी एमालेले प्रदेश २ बाट असर्फी भिनबार यादव र विना साहलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएको छ ।
यस्तै एमालेले वागमती प्रदेशबाट गोपाल शाक्य र निरकुमारी कुँवर (निरु दर्लामी)लाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।गण्डकी प्रदेशबाट गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई एमालेले उम्मेदवार बनाएको छ । लुम्विनी प्रदेशबाट कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता उम्मेदवार बनेका छन् । यसैगरी कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा महत र चूडामणि शर्मालाई एमालेले राष्ट्रिय सभामा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सुदुरपश्चिम प्रदेशबाट एमालेले नरेश विक, सन्तोष कुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवारीको मनोनयन दर्ता मंगलबार (भोली) हुँदैछ भने मतदान माघ १२ गते हुँदैछ । सत्ता गठबन्धनमा रहेका दलहरु एकजुट भएर निर्वाचनमा जान लागेका बेला एमाले अहिले विभाजित भएकाले उसलाई ८ सिट जोगाउन चुनौती छ ।
प्रतिक्रिया दिनुहोस्