
काठमाडौं, पुष १९ । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार शहीद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो ।
४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो । सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो ।
यससँगै सात खेल खेलेका हिमालयन शेर्पाको ११ अंक भएको छ । जारी लिगमा सातौं चरणका खेल पनि सकिएका छन् ।
सातौं चरणको खेलपश्चात मच्छिन्द्र क्लबले शीर्ष स्थान कायम गर्दा मनाङ मस्र्याङ्दी एक अंकले पछि रहँदै दोस्रो स्थानमा छ । संकटा १३ अंकका साथ तालिको तेस्रो स्थानमा अटाउँदा आर्मी ११ अंकका साथ चौथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्