२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


संविधान संशोधनका लागि आन्दोलन गर्नुपर्छ : डा. भट्टराई


377
Shares

इलाम । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधनका लागि आन्दोलन गनुपर्ने बताउनुभएको छ ।

जनता समाजवादी पार्टीको संगठन सुदृढिकरण तथा जनजागर अभियान अभिमुखिकरण कार्यक्रममा इलाम आउनुभएका भट्टराईले संविधानलाई पूर्ण बनाउनका लागि जसपाले आन्दोलन गर्ने बताउनुभयो ।

‘१० वर्षमा नेपालमा उथल पुथल गराएर जनताबाटै जारी गरेको संविधान गिलासमा भएको आधा मात्र पानी भरिएको जस्तो भएको छ,’ उहाँले भन्नुभयो, ‘आधा खाली रहेको गिलासलाई भर्न जसपाले आन्दोलन गर्छ ।’

पिछडिएका र उत्पीडनमा रहेकालाई संविधानले नसमेटेको भन्दै यसलाई पूर्णता दिन संविधान संसोधन गर्नुपर्ने डा. भट्टराईले बताउनुभयो ।

उहाँले १० वर्षे क्रान्तिबाट लोकतान्त्रिक गणतन्त्र आए पनि सबै क्षेत्र र वर्ग नसमेटिएका कारण आफूहरूले आन्दोलन गरिरहेको उहाँको भनाइ छ ।

राष्ट्रिय राजनीतिमा देश सञ्चालन गरेका व्याक्ति मिलेर जसपा निर्माण भएको भन्दै अबको आन्दोलन जसपाबाटै सफल हुने भएकाले सक्रिय भएर लाग्न डा. भट्टराईले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

फरक प्रसङ्गमा डा. भट्टराईले भ्रष्टाचारको पहाड, कु–शासनको शिखर निमार्ण गरेर दुईतिहाईको सरकार ढालेर आफ्नै कुबुद्धिलेगर्दा एमाले अध्यक्ष केपी शर्मा ओली घर न घाटको भएको आरोप टिप्पणी गर्नुभयो ।

जनताले विश्वास गरेको मतलाई लात हानेर ओलीले जनताबाट निर्माण भएको संविधान मार्न खोजेको उहाँको भनाइ छ ।