
चितवन, पुष १९ । राष्ट्रिय खिष्टियन महासंघ नेपालको १४औँ राष्ट्रिय भेला चितवनको सौराहामा सुरु भएको छ ।
पुष २२ गतेसम्म चल्ने भेलाले क्रिश्चियन धर्मालम्बीहरुलाई मूल धारमा ल्याउने गरि रणनीति बनाउने राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष सीवी गहतराजले बताउनुभयो ।
धर्मनिरपेक्ष राष्ट्र हुनुपर्नेमा सनातन शब्द राखेर षडयन्त्र गरेको बताउँदै धर्म व्यक्तिको हुने तर राज्यको नहुने गरी व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो ।
हाम्रो अभियान, नेपाली ख्रिष्टयन समुदायको स्वाभिमान र पहिचान भन्ने नारासहित चितवनमा सुरु भएको भेलामा देशभरबाट प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्