८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


राष्ट्र बैंकको निर्देशन : १० प्रतिशत बढी क्रसहोल्डिङ भएका लघुवित्त फोर्सफुल मर्जरमा जानु


234
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० प्रतिशत बढी क्रसहोल्डिङ भएका लघुवित्तलाई फोर्सफुल मर्जरमा जान निर्देशन दिएको छ ।

राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजतप्राप्त लघुवित्त संस्थालाई जारी गरेको ‘एकीकृत निर्देशन, २०७७’ मा संसोधन गर्दै इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी संस्थापक सेयर स्वामित्व रहेका संस्थाहरूबीच एक आपसमा गाभ्न/गाभिन वा मर्जरमा जान निर्देशन दिएको हो ।

साथै इजाजत प्राप्त एक भन्दा बढी क, ख र ग वर्गका बैंक वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्तसम्म राष्ट्र बैंकमा कार्ययोजना पेश गर्न पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

यसैगरी, केन्द्रीय बैंकले स्थानीय तहको संचित कोषमा भएको मौज्दात रकमको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्र बाहेक उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी २०७९ को मसान्तसम्मका लागि मात्र निक्षेपको रूपमा गणना गर्न पाउने निर्णयसमेत गरेको छ ।