१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप क्रिकेटमा बैतडी फाइनलमा प्रवेश


104
Shares

बैतडी, पुष १९ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडी फाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न खेलमा कैलालीलाई ३२ रनले हराउदै बैतडी उपाधि नजिक पुगेको हो ।

बैतडीले दिएको १९९ रनको लक्ष्य पन्छाएको कैलाली ३०.५ ओभरमा १६६ रनमा अलआउट भयो । शेर मल्लले नटआउट ५१ रनको पारी खेलपनि हार टार्न नसक्दा कैलालीका प्रतियोगिताबाट बाहिरिएको हो । कैलालीको पारी ध्वस्त पार्ने क्रममा बैतडीका लागि विरेन्द्र नाथ, प्रदीप चन्द र गजेन्द्र बोहराले २÷२ विकेट हात पारे ।

त्यसअघि कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको बैतडीले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा १९८ रन बनायो । जसमा नरेन भट्टले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ६० रन बनाए । कैलालीका लागि नरेन साउँदले सर्वाधिक ३ विकेट हात पारे । नरेन म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल मंगलबार बिहान ९ बजेदेखि सुरु हुनेछ । फाइनलमा कञ्चनपुर र बैतडी आमने सामने हुनेछन् । कञ्चनपुर समूह ए बाट शिर्ष स्थानमा रहदै र बैतडी समूह बी को शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो ।

पुस १४ गतेदेखि शुरु भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा यहाँका ८ जिल्लाका टोलीको सहभागिता रहेको थियो । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।