
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्