
काठमाडौं । अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ ।
काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो ।
‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन हुनु भएकोमा प्रचण्डलाई बधाई ! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ,’ ट्वीटमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्