१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिके राउतका कार्यकर्ताद्वारा पाँच दिनदेखि भैरहवा–भूमही सडक बन्द


156
Shares

परासी । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले पाँच दिनदेखि पश्चिम नवलपरासीको भैरहवा–भूमही सडक खण्ड बन्द गराउँदै आएका छन् ।

परासी सदरमुकामको कसियास्थित प्रहरी विट अगाडी बसेर उनीहरूले सडक बन्द गराउँदै आएका छन् । प्रहरीले बन्द गरेको स्थाभन्दा आधा ५ सय मिटर दायाँबायाँ सवारीसाधनलाई रोकेर राखेका छन् ।

२० जनाको समूहमा रहेका जनमत पार्टीका कार्यकर्ताले दैनिक विहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गराउँदै आएका छन् । जसका कारण सो सडक खण्डमा चल्ने सवारीसाधन ८ घण्टासम्म सडकमै रोकिन बाध्य भएका छन् ।

छोटो दूरीका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधनहरूले पनि यही सडक खण्डको प्रयोग गर्ने गर्छन् ।

किसानको समस्या समाधानको माग राखेर सडक बन्द गराएका उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।