१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


उपत्यकामा भोलिदेखि अतिरिक्त खोप दिर्दै


533
Shares

काठमाडौं, पुष २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार (भोलि)देखि कोरोनाको अतिरिक्त डोज खोप लगाउन परिपत्र गरेपनि काठमाडौं उपत्यकामा भने भोलिदेखि मात्र खोप सञ्चालन हुने भएको छ ।

कोरोनाविरुद्धको अतिरिक्त थप १ डोज खोप दिन मन्त्रालयले पत्राचार गरेपनि तीनै जिल्लाका जनस्वास्थ्य कार्यालयले तयारी नपुगेको भन्दै खोप लगायन नसक्ने जनाएका हुन् ।

उनीहरुले खोप समन्वय समितिको बैठक बसेर मात्र वितरण प्रणालीलाई एकरुपता र सहज बनाउने भन्दै आज खोप सञ्चालन गर्न नसकेको जनाए ।

भेरोसेलको दुवै मात्रा खोप लगाएका ६० बर्ष माथिका ज्येष्ठ नागरिक, दीर्घरोगी र रोगप्ररिोधात्मक क्षमता कम भएकाहरुलाई अतिरिक्त खोप दिने मन्त्रालयले जनाएको छ ।

दीर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरुले भने लगाएको सोही खोप नै पाउने छन् । जनस्वास्थ्य कार्यालयले भोलिदेखि यसअघि खोप लगाएका केन्द्रमा मात्र खोप कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् ।

मंगलबारदेखि अतिरिक्त खोप पाउने आशमा धेरै व्यक्ति खोप केन्द्रमा पुगेर फर्किएका थिए ।