
उदयपुर । उदयपुरमा सडक क्षेत्र अतिक्रमण गर्दै होटल तथा अन्य व्यवसाय संचालन गर्दा दुर्घटनाको जोखिम बढेको छ । पछिल्लो समय चतरा सप्तकोशी नदिमा पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । तर, सुनसरी खण्डका नदि किनारमा बनेका होटल, रेष्टुरेन्ट तथा अन्य व्यापार व्यवसायका कारण सडक साँघुरो बन्दा दुर्घटनाको जोखिम बढेको हो ।
सडकको छेउमा पार्किङ गरिएका सवारी साधन र छाडा पशु चौपायाले करिब दुई किलोमिटर सडक खण्डमा अत्यन्तै जोखिम बढेको छ ।
पूर्व पश्चिम मदनभण्डारी लोकमार्गको चतरा खण्डको भण्डारी टारदेखि सप्तकोशी पुलसम्म २ किलोमिटर सडक खण्डमा पुर्व तर्फ सुख्खा पहिरो जाने तथा पश्चिम तर्फ सप्तकोशी नदि किनारमा संचालित व्यवसायले जोखिम निम्त्याएको हो ।
पुर्वाञ्चल सडक विभाग प्रमुख सुदर्शन कार्कीले सडक अतिक्रमण रोक्न स्थानीय पालिकासंग छलफल गरिरहेकाले यसको समाधान चाँडै हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्