१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एसपी हिरा पाण्डे निलम्वित


4.147k
Shares

काठमाडौं । सिराहा कांग्रेसका सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका नेपाल प्रहरीका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले छानबिनका लागि भन्दै एसपी पाण्डेलाई निलम्बन गरेको हो । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पाण्डेलाई निलम्वन गरी अनुसन्धना अघि बढाइएको छ ।

सिराहाका कांग्रेसका जिल्ला सभापति यादवले एपी पाण्डेले आफ्नो घरमै आएर गोली हान्ने धम्की दिएको आरोप लगाएका छन् । यही पुस १८ गते राति मादक पदार्थ सेवन गरेर पेस्तोल देखाएर आक्रमणको प्रयास गरेको दाबी पनि यादवले गरेका छन् ।