१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


साझा पार्टीका नेता तथा कार्यकर्ता पक्राउ


0
Shares

काठमाडौं माघ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेललाई बालुवाटार जग्गा प्रकरणमा जोगाउन खोजेको भन्दै प्रदर्शनमा उत्रिएका साझा पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका साझा पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र लगाएतका १३ जना पक्राउ परेका छन् ।