१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सुनको मूल्यमा वृद्धि


0
Shares

काडमाडौं, माघ २४ । दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु. ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु. ७५ हजार ३०० तोकेको छ ।

बुधबार र बिहीबार छापावाला सुन प्रतितोला रु. ७५ हजार २०० र तेजाबी सुन प्रतितोला रु. ७४ हजार ९०० मा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु. १० ले बढेर रु. ८८५ पुगेको छ । रासस