१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अधिकार बाँडफाँटमा केन्द्र र प्रदेशबीच विवाद : मुख्यमन्त्री पोखरेल


65
Shares

पोखरा, पुष २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँटमा केन्द्र र प्रदेश सरकारबीच विवाद रहेको बताउनुभएको छ ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले केन्द्र सरकार र प्रदेश सरकारले प्रयोग गर्ने अधिकारको सम्बनधमा विवाद देखिएको बताउनुभएको हो ।

संविधानले दिएको केन्द्र र प्रदेश सरकारको साझा र एकल अधिकारको सम्बन्धमा विवाद देखिने गरेकाले केन्द्र र प्रदेश सरकारले पाउनुपर्ने अधिकारहरुको सम्बन्धमा परिमार्जन गरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारले कानूनहरु बनाएको भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले संघीयताको मुख्य उपलब्धी नै प्रदेश सरकार भएकाले प्रदेश सरकारलाई सक्षम बनाउनुपर्ने बताउनुभयो । केन्द्र सरकारले केन्द्रमा धेरै र प्रदेश तथा स्थानीय सरकारमा कम बजेट छुट्याउने गरिएको उल्लेख गर्दै उहाँले वित्तिय संघीयतालाई कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।