१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


चन्द समुहका जिल्ला इन्चार्ज पक्राउ


0
Shares

सर्लाही, माघ २४ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको सर्लाही इञ्चार्ज लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका–६, स्थित एक घरमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

परवानीपुरमा ऐनसेल टावरमा विष्फोट गराएको, बाग्मतीमा स्काभेटरमा आगजनी गरेको लगायतका घटनामा लामा संलग्न रहेका प्रहरीले दाबी गरेको छ ।