१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


४३५ जना कोरोना संक्रमित थपिए


507
Shares

काठमाडौं, पुष २१ । पछिल्लो २४ घण्टामा देशभर ४३५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६७ नमुना (३७० पीसीआर र ३५५२ एन्टीजेन) परीक्षण गर्दा ४३५ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

त्यसैगरी गत २४ घण्टामा २ सय ३९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमित संख्या ५ हजार २२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।