७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


अफगानिस्तानमा हिमपातले सहायता सामाग्री वितरणमा समस्या


52
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघ संस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको परेको छ ।

पछिल्ला केही दिनयता अफगानिस्तानमा वर्षा र हिमपातहुँदा मानवीय सहयता वितरणमा अवरोध उन्त्पन्न भएको छ । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि बाक्लो हिउँ पर्दा जनजीवन निकै कष्टकर भएको छ ।

अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट अन्य सहरका लागि उड्ने हवाई उडानहरु मौसमका कारण प्रभावित भएका छन् ।

हिमपातले मानवीय सहायता सामग्री वितरणको काम गरिरहेका संयुक्त राष्ट्रसंघीय र अन्य संस्थाका सहायताकर्मी पनि विरामी परेका बताइएको छ । अफगानिस्तानमा विभिन्न देशले जाडोका लागि कपडा, खाद्यान्न तथा औषधिहरु उपलब्ध गराइरहेका छन् ।