१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


इलाममा दक्षिण एसियाली दलित सम्मेलन सुरु


0
Shares

इलाम, माघ २४ । दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ शुक्रबारबाट इलाममा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने भेलामा दलित समुदायका संघिय सांसद्, प्रदेश सांसद्, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष र कार्यपालिका सदस्यहरूको सहभागीता छ ।

भेलामा दलित प्रतिनिधिहरुले पाएको अवसर र चुनौतीका विषयमा ब्यापक छलफल गरिने आयोजक समितिले जनाएको छ ।

भेलामा प्रदेस १ का ४ सय दलित जनप्रतिनिधिको सहभागीता रहेको छ भने छिमेकी देश भारत र भुटानबाट पनि सहभागी छन् ।