
सर्लाही, माघ २४ । सर्लाहीका ‘मिटरब्याजी’ रामबाबु राय यादव विरुद्ध शुक्रबार जिल्ला अदालत सर्लाहीमा अभियोग पत्र दर्ता भएको छ ।
ठगी तथा आपराधिक विश्वासघात कसुरमा यादवमाथि अभियोग पत्र दर्ता भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरी पौडेलले जानकारी दिए ।
उनका अनुसार आगामी आइतबारबाट थुनछेक बहस सुरु हुने छ ।
यादवविरुद्ध जाहेरी दिने २८ जना जाहेरवालाको तर्फबाट २० करोड ४२ लाख ८० हजार ९५ रुपैयाँ बिगो दावी गरिएको श्रेस्तेदार पौडेलले बताए ।
यता ‘मिटरब्याजी’ यादवलाई कारवाही गर्न माग गर्दै पीडितहरुले शुक्रबार दिउँसो सदरमुकाम मलङ्गवामा र्याली निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस्