
काठमाडौं, पुष २२ । बुधबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार बिहीबार पुनः दोहोरै अंकले उकालो लाग्यो ।
बजार परिसूचक नेप्से ४३ अंकले उकालो लागेर २६ सय ९२ पुग्यो ।
तीन कारोबार दिन लगातार उछाल आएको बजारमा बिहीबार ३० अंकको करेक्सन आएको थियो ।
बिहीबार कारोबार भने पछिल्ला दिनका तुलनमा थप खुम्चिएर साढें ३ अर्ब हाराहारीमै सीमित भयो । व्यापार र उत्पादनमूलक समूह सामान्य अंकले रातो रहेबाहेक अरु सबै समूहमा हरियाली छायो ।
निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च अढाई सय अंक हाराहारीको बृद्धि आयो । जीवन बीमा र होटल तथा पर्यटन समूह पनि सय अंक बढीले उकालो लागे । वाणिज्य बैंक सहित अरु पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३८ कम्पनीको ७३ लाख बढी कित्ता शेयर ३ अर्ब ६८ करोड बराबरका किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ६४ कम्पनीको शेयर मूल्य बढ्दा २३ को घटेको र ३ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्