१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सबैलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन मन्त्री श्रेष्ठको आग्रह


52
Shares

काठमाडौं, पुुष २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आग्रह गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा संयुक्त ट्रेड युनियनको समन्वय केन्द्रको पाँचौ संसदलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उक्त आग्रह गर्नुभएको हो ।

सरकारले सामाजिक सुरक्षाको दायरा फराकिलोे बनाइरहेको भन्दै उहाँले कोषमा सुचिकृत हुने विषयमा आनाकानी गर्ने प्रवृति अस्वीकार्य रहेको स्पष्ट गर्नुभयो ।