१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंको विकल्पमा तीनवटा सुविधासम्पन्न शहर आवश्यक छ : अर्थमन्त्री शर्मा


5.278k
Shares

काठमाडौं, पुष २२ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको विकल्प आवश्यक रहेको बताउनुभएको छ ।

लगानी बोर्डको बैठकमा उहाँले विकास काठमाडौं केन्द्रित भएकाले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ शहर निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठूला शहरको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजना आवश्यक रहेको उहाँको भनाइ छ ।

शर्माले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजना अघि सार्न लगानी बोर्डलाई आग्रह गर्नुभयो । यस्तै जलविद्युत क्षेत्रमा ‘बुढीगण्डकी, अपर-अरुण र कर्णाली चिसापानीजस्ता ठूला आयोजनामा ध्यान दिन उहाँले सुझाव दिनुभयो ।