८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दुई लाख धरौटीमा छुटे गोरेका भाइ


884
Shares

काठमाडौं, पुष २२ । साढे ३३ किलो सुन प्रकरण र मोरङका सनम शाक्यको हत्या घटनाका अभियुक्त रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

जिल्ला अदालत मोरङले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन् ।

सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले २ लाख धरौटी लिएर तारेखमा मुद्दा राखी पुर्पक्षका लागि थुनछेकको आदेश जारी गरेको हो ।

उप्रेती गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।