१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस, एमाले र माओवादी पार्टीेले अहिलेसम्म राम्रो काम गरेको छैन : रायमाझी


8.996k
Shares

अर्घाखाँची, पुस २३ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेसम्म जनताको पक्षमा कुनै राम्रो काम नगरेको बताउनुभएको छ ।

नेकपा एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा रायमाझीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको एमालेको बचाउ गदै पुर्व एमालेले राम्रो काम नगरेको टिप्पणी गर्नुभयो ।

कम्युनिस्ट पार्टीेको नारा बोक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको सरकारमा सहभागी भएर स्वार्थको राजनीति गरेको आरोप लगाउनु भयो ।