
इलाम, पुस २३ । नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलको नेता सुवासचन्द्र नेम्वाङले विरोधीहरु एक ठाउँमा उभिनु एमालेको शक्ति भएको जिकिर गर्नु भएको छ ।
एमालेको दशौ जिल्ला अधिवेशनको इलाममा उद्घाटन गर्दै नेम्वाङले एमालेलाई हेरेर मात्रै गठवन्धन एक ठाउँमा उभिएको टिप्पणी गर्नुभयो ।
नेपालजस्तो मिश्रित प्रणाली अपनाएको मुलुकमा गठवन्धन अचम्मको विषय नभए पनि सत्तापक्षले प्रतिपक्षी विहीनताको कल्पना गरेको उहाँको जिकिर छ ।
नेम्बाङले अहिलेको गठवन्धनलाई दुषित गठबन्धनको संज्ञासमेत दिनुभयो । उहाँले अहिले सवैको दृष्टि एमालेमा रहेको भन्दै नेता कार्यकर्ताहरुलाई जिम्मेवार बनेर चुनावको तयारीमा लाग्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्