
काठमाडौं । चीनले राजनीतिक, आर्थिक र राजनीतिक, सैन्य र प्राविधिक क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्न खोजेको भन्दै जापान र अमेरिकाले चिन्ता व्यक्त गरेका छन् ।
जापान र अमेरिकाका विदेशमन्त्रीहरुको बैठकले चीनले स्थापित अन्तर्राष्ट्रिय मान्यतालाई चुनौती दिएको भन्दै सम्भावित खतराको सामना गर्न सहकार्य जारी राख्न एकमत भएका हुन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र जापानका विदेशमन्त्री योशिमाशा हयाशीले चीनले आफूहरुको आन्तरिक मामिलामा प्रतिकूल हुने गतिविधिहरु गरेको भन्दै त्यसको सामना गर्न एकजुट हुने जनाएका हुन् ।
जापानको सेन्काकु टापुमा चीनले आफ्ना गतिविधिहरु बढाएर विवाद निकालेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । चीनले गैरकानुनी रुपमा सामुद्रिक दावी, सैन्यकरण र दक्षिण चीनको सागरमा जबरजस्ती गतिविधिहरु सञ्चालन गरेकोप्रति जापनले अपत्तिसमेत जनाएको छ ।
चीनको समुद्रमा आफ्नो स्वामित्व दावीमा फिलिपिन्सको मुद्दालाई अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा अस्वीकार गरिसकेको छ । तरपनि चीनले कृत्रिम टापु निर्माण र सैन्य पोष्ट स्थापना गरेर तटहरुको सुरक्षामा सैन्य दस्ता खटाएको जापान र अमेरिकाको आरोप छ ।
यता, चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जापान र अमेरिकाले आफूहरुप्रति गरेको टिप्पणीको निन्दा गर्नुभएको छ । उहाँले समस्या समाधानका लागि चीन वार्ता गर्न तयार रहेपनि जापान र अमेरिकाले नै नचाहेको टिप्पणी गर्नुभएको छ ।
चीनले जापानसँगको सीमा नजिकै रहेका समुद्री टापुहरुमा सैन्य गतिविधि बढाएसँगै जापान, अमेरिका र रसियालगायतका मुलुकले त्यसको विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्