१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६ सहसचिवको सरुवा


1.391k
Shares

काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले थप ६ जना सहसचिवको सरुवा गरेको छ ।

सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरिय निर्णय गरेर सहसचिवको सरुवा गर्नुभएको हो ।

जसअनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा लगानी बोर्डका सहसचिव सुरेन्द्र पौडेल गृह मन्त्रालय वा यसअन्तर्गतको निकायमा सरुवा हुनुभएको छ ।

संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव रामआधार शाह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिवप्रसाद रेग्मीलाई वन मन्त्रालय सरुवा गरिएको छ । यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि संघीय मामिला मन्त्रालयको अतिरिक्तमा रहेका भगवान् अर्याललाई लगानी बोर्डमा सरुवा गरिएको छ ।

उता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बद्रीनाथ अधिकारीलाई गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सरुवा गरिएको छ । मन्त्रालयले यसअघि गत मंगलबार मात्र १० जना सहसचिवको सरुवा गरेको थियो ।