
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ, नेपालले पशुपति क्षेत्रभित्र रहेको सार्वजनिक सम्पत्ति अतिक्रमित भएको निष्कर्ष निकाल्दै फिर्ता ल्याउने जनाएको छ ।
शनिबार दिउँसो पशुपति क्षेत्र परिसरभित्र बनेको धर्मशालाको अनुगमन गर्न पुगेको युवा संघ, नेपालको टोलीले सो धर्मशालासमेत व्यापारिक प्रयोजनको निम्ति दिने काम गरेको भन्दै त्यसलाई तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
त्यसैगरी टोलीले देशभर अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने काममा साथ दिन पनि सबैलाई अपिल गरेको छ । पशुपति क्षेत्र भित्रको सार्वजनिक सम्पत्ति समेत अतिक्रमित भएकाले त्यसलाई रोक्न आफूहरूले अनुगमनको काम सुरु गरेको संघका अध्यक्ष नरेश शाहीले जानकारी दिनुभयो ।
युवा संघ, नेपालले नारायणहिटी संग्राहलयमा बतास समूहले बनाउन लागेको रेष्टुरेन्ट भत्काउन निर्देशन दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवाद समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्