२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डेढ वर्षपछि नेपाली रेलको पुनः परीक्षण, भारतीय डकुमेन्ट्री बनाउन चलाइएको चर्चा


1.911k
Shares

जनकपुरधाम । इनर्वामा डेढ वर्षदेखि पालले छोपिएको नेपाली रेलको शनिबार पुनः परीक्षण गरिएको छ ।

रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म रेल परीक्षण गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भइसकेको र माघ २७ गतेभित्रै रेल गुडाउने आफूहरूको तयारी रहेको महाप्रबन्धक झाले बताउनुभयो ।

सअघि कम्पनीसँग १ सय ५१ जना जनशक्ति रहेको कम्पनीसँग अहिले ६० जना मात्र जनशक्ति छ । रेल सञ्चालनका लागि २६ जना भारतीय जनशक्ति रहने उहाँले जानकारी दिनुभयो । परीक्षणका लागि २६ जना मध्ये १४ जना भारतीय जनशक्ति शनिबार नेपाल आएका थिए ।

यसैबीच भारतको उत्तरप्रदेशमा हुन लागेको विधानसभा निर्वाचका लागि डकुमेन्ट्री बनाउने हेतुले थन्क्याएर राखिएको रेल सञ्चालन गरिएको चर्चा पनि चुलिएको छ । उत्तरप्रदेशको अयोध्या र जनकपुरधामबीचको सांस्कृतिक सम्बन्धमा भारत सरकारको सहयोगसम्बन्धी डकुमेन्ट्री तयार गर्नको लागि रेल चलाइएको भन्दै विवादित भएको छ ।

तर, महाप्रबन्धक झा भने यो कुरा स्वीकार्न तयार हुनुहुन्न ।

‘रेल नेपालको हो, कसैको डकुमेन्ट्री होइन,’ उहाँले भन्नुभयो, ‘रेल सञ्चालनको अन्तिम तयारीको उद्देश्यले रेलको अवस्था बुझ्न परीक्षणका लागि गुडाएका हौं ।’